प्रचण्डको जित सुनिश्चित

बिहिबार, ७ मंसिर, २०७९
डिजिटल संस्करण

गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेका माओवादी अध्यक्ष प्रचण्डको जित सुनिश्चित भएको छ । गणना गर्न बाँकी भन्दा बढी निकटत्तम प्रतिस्पर्धीसँगको मतान्तर भएसँगै प्रचण्डको जित सुनिश्चित भएको हो । 

यहाँ ५४ हजार ५३ मत खसेकोमा मध्यरातसम्ममा ४५ हजार ८३८ मतगणना भइसकेको छ । जसमध्ये प्रचण्डले २२ हजार ८०७ मत प्राप्त गरेका छन् । 

निकटत्तम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले नौहजार ९५७ मत प्राप्त गरेका छन् । उनीहरूबीच १२ हजार ८५० मतान्तर देखिन्छ । तर, अब गणना गर्न आठ हजार दुई सय मात्र बाँकी रहेकाले उनको जित निश्चित भएको छ ।

See More On

सुझावित समाचार