१६ हजार मत गणना बाँकी रहँदै ओलीको जित निश्चित

बुधबार, ७ मंसिर, २०७९
डिजिटल संस्करण

झापा– ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीको जित निश्चित भएको छ। १६ हजार ४९१ मत गणना बाँकी हुँदा ओली प्रतिद्वन्द्वी कांग्रेसका डा. खगेन्द्र अधिकारीभन्दा २३ हजार ६५१ मतले अगाडि छन्।

८५ हजार ६५९ मत गणना हुँदा ओलीले ४४ हजार ८०५ मत पाएका छन् भने अधिकारीले २१ हजार १५४ मत पाएका छन्। यहाँ एक लाख दुई हजार १५० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

See More On

सुझावित समाचार