जुम्ला प्रदेश सभा (ख)मा एमाले पार्टीका उम्मेदवार टेकराज पछाईँ निर्वाचित भएका छन्। कर्णाली प्रदेश सरकारका बहालवाला भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायालाई पछाईँले एक हजार ११२ मतले पराजित गरेका हुन्।
२० हजार ६१६ मत खसेकोमा एमालेका पछाईँले ७ हजार ८२७ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए। रोकायाले ६ हजार ७१५ मत प्राप्त गरेका छन्। एकीकृत समाजवादीको जुम्ला जिल्ला इन्चार्जसमेत रहेका रोकायालाई कांग्रेस–माओवादीको साथ रहँदा पनि पराजित भए। पछाईँ एमाले प्रदेश कमिटीको उपसचिव हुन्।