जुम्लामा ज्ञानेन्द्र शाहीलाई चार हजार मतको अग्रता

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले अग्रता कायमै राखेका छन्। १४ हजार ८०३ मत गणना गर्दा उनले ७ हजार ९५९ मत पाएका छन्।

यस्तै, गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रकी गोमा कुँवरले तीन हजार ५८३ मत प्राप्त गरेकी छिन् भने एमालेका रतननाथ योगीले एक हजार ८०२ मत पाएका छन्। नेमकिपाका डिल्लीप्रसाद काफ्लेले ४४८ र माओवादीका बागी डाक्टर कलबहादुर रोकायाले १६८ मत प्राप्त गरेका छन्। यद्यपि, रोकायाले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन्।

सुझावित समाचार