झापा ३ मा राजेन्द्र लिङ्देनको अग्रता कायमै

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लगातार अग्रता कायमै राखेका छन्। उनले सुरुवातदेखि नै अग्रता लिइरहेका छन्।

तीन हजार तीन सय ४७ मत गणना गर्दा लिङ्देनले एक हजार ६ सय ७३ मत ल्याएका छन्। कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले एक हजार तीन सय ३४ मत ल्याएका छन्। 

प्रारम्भिक रुझानले राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच तीव्र प्रतिस्पर्धाको संकेत गरेको छ।

सुझावित समाचार