सर्लाहीमा फर्जी मत खसाल्न खोज्ने दुईजना पक्राउ

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

सर्लाहीका दुई मतदान केन्द्रबाट फर्जी मत हाल्न खोज्ने दुईजना पक्राउ परेका छन्। प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत आइतबार भएको मतदानमा फर्जी मत खसाल्न खोज्ने दुईजना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जिल्लाको बागमती नगरपालिका र बलरा नगरपालिकाको मतदान केन्द्रबाट फर्जी मत हाल्न खोज्ने दुईजना पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा बागमती नगरपालिका– १२ का २० वर्षीय मुस्कान मोक्तान र बलरा नगरपालिका– ४ जब्दीका २८ वर्षीय आदित्य सिंह रहेका छन्।

मोक्तानले सोही स्थानको बथनिया प्रावि मतदान केन्द्रबाट र सिंहले जब्दी प्रावि मतदान केन्द्रबाट अरूको नामबाट मत दिन खोजेकाे बताइएको छ। पक्राउ परेका दुवैलाई निर्वाचन ऐनअनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रमुख प्रहरी उपरीक्षक प्रविन पोखरेलले जानकारी दिए।
 

सुझावित समाचार