कञ्चनपुरमा एक किरियापुत्री दाजुभाइले मतदान गरेका छन्। निर्वाचन क्षेत्र २ अन्तर्गत शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरमा किरियापुत्री ऐर दाजुभाइ परिवारले पनि मतदान गरेका हुन्।
नेपाली कांग्रेस शुक्लाफाँटा नगरपालिका– ११ का सचिवसमेत रहेका कांग्रेस स्थानीय नेता अतुलबहादुर ऐर दाजुभाइसहित उनीहरूका आमाले मतदान गरेका हुन्। पार्टी र गठबन्धनलाई जिताउन ऐर दाजुभाइले एकसाथ दिउँसो मतदान गरेका कांग्रेसका स्थानीय नेता पवन नेपालीले बताए। किरियापुत्री ऐर दाजुभाइले कलुवापुर सरस्वती माविको मतदान स्थलमा मतदान गरेका हुन्।