प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि जारी मतदानमा लमजुङमा दिउँसो तीन बजेसम्म ४० प्रतिशतमात्र मत खसेको छ।
दिउँसो तीन बजेसम्म ५३ हजार १५४ मत खसेको निर्वाचन कार्यालय लमजुङका प्रमुख नारायण सापकोटाले बताए। लमजुङका १३० वटा मतदानस्थलको १८८ वटा मतदान केन्द्रबाट मतदान भइरहेको छ ।
लमजुङमा प्रतिनिधिसभा तर्फ एउटा र प्रदेशसभातर्फ २ वटा निर्वाचन क्षेत्र छन्। प्रतिनिधिसभातर्फ ११ जना तथा प्रदेश ‘क’ मा ५ जना र प्रदेश ‘ख’ मा ६ जना चुनावी मैदानमा छन्। यस जिल्लामा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेका छन्।