डोटीको मतदान स्थलमा डोटीमा झडपको स्थिति सिर्जना भएपछि ४ राउन्ड हवाई फायर भएकाे छ।
जिल्लाको शिखर नगरपालिका– ८ स्थित राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान गर्ने क्रममा मतदान स्थलभित्र विवाद भएपछि स्थिति सामान्य गर्न प्रहरीले ४ राउन्ड हवाई फायर गरिएकाे हो।
केही समय विवाद हुँदा दुई पक्षबीच झडपको स्थिति सिर्जना भएपछि भिड तितरबितर पार्न ४ राउन्ड हवाई फायर गरिएको मतदानको सुरक्षाका लागि खटिएका प्रहरी नायब निरीक्षक भीम बोहराले जानकारी दिए।
केही समयका लागि मतदान प्रक्रिया रोकिए पनि स्थिति सामान्य भएपछि मतदान पुनः सुरु भएको जनाइएको छ। १७ सय मतदाता रहेको उक्त मतदान स्थलमा ५०६ मत खसेको छ। अहिले मतदान जारी रहेको प्रहरीले जनाएको छ।