पहिलोपटक गाउँमै मतदान गर्न पाउँदाको खुसी हुम्लाको मासपुरवासीको मुहारमा देखिएको छ । अघिल्ला वर्ष मतदान गर्न घण्टौं पैदलयात्रा गर्नुपर्ने अवस्था भोग्दै आएका मासपुरबासीले यसपटक आफ्नै गाउँमा मतदान केन्द्र पाएका थिए ।
गाउँमै मतदान केन्द्र आएपछि मतदानमा सहभागिता पनि उल्लेख्य भएको छ । ताजाँकोट गाउँपालिका– ३ स्थित मासपुर गाउँमा रहेको बानादेव आधारभूत विद्यालय मतदान केन्द्रमा ५० मतदाताको नामावली रहेकोमा यो समाचार तयार पार्दासम्म ४१ जनाले मतदान गरिसकेका छन् । अर्थात्, अहिलेसम्म ८२ प्रतिशत मतदान भइसकेको छ ।
सोही मतदान केन्द्रमा मत दिन आएका सात जनाभने नाम नभेटेपछि फर्किएको स्थानीय केशबहादुर रोकायाले जानकारी दिए । ‘यही केन्द्रबाट मतदान गर्न आएका सातजना फर्किनुपर्यो,’ उनले भने, ‘उनीहरूको नामावली ताजाकोट गाउँपालिका– ३ को केन्द्रमा रहेछ ।’