प्रदेश सभाको मात्रै मतपत्र दिएपछि तुलसीपुर रोकियो मतदान

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

दाङको तुलसीपुरस्थित एक मतदान केन्द्रमा मतदान रोकिएको छ। मतदातालाई प्रदेशसभाको मात्रै मतपत्र दिएपछि तुलसीपुर उपमहानगरपालिका–१० स्थित पातुबनगाउँ मावि ‘ग’ मतदान केन्द्रको मतदान कार्य रोकिएको हो। 

सुरुमा ५० वटा मतपत्रको बन्डल पठाउँदा ठीकै भएपनि दोस्रो पटक एकसय वटा बण्डल पठाउँदा प्रतिनिधिसभाको नदिएर प्रदेशसभाको मात्रै पठाएपछि त्यहाँको मतदान कार्य रोकिएको दाङ–३ को निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले बताए।  

अधृतिक न्यौपानेका अनुसार दोस्रो पटक  ४२ जनाले मत खसालिसकेपछि मात्रै यो कुरा थाहा भएपछि अहिले मतदान कार्य रोकिएको छ। कर्मचारीको असावधानीका कारण यस्तो समस्या देखिएको छ। सोही मतदान केन्द्रमा ७ सय ६८ मतदाता छन्।
 

See More On

सुझावित समाचार