महोत्तरीका मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ ।
दुई सय ५८ मतदानस्थल रहेको महोत्तरीमा दुई अस्थायीसमेत गरी पाँच सय एक मतदान केन्द्र छन् । यी सबै केन्द्रबाट अहिले धमाधम मतदान भइरहेको छ ।
यसपटक जेलश्वर करागारमा रहेका २६ कैदीबन्दीले पनि समानुपातिकतर्फ मतदान गर्दैछन् । यसका लागि कारागारमै अस्थायी केन्द्र खडा गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए ।

