तुलसीपुरमा शंकास्पद वस्तु फेला

शनिबार, ३ मंसिर, २०७९
डिजिटल संस्करण

दाङको तुलसीपुर ८ दोघरेमा शंकास्पद वस्तु भेटिएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार मेट्रो होटेलको दक्षिणतर्फ उक्त वस्तु भेटिएको हो। 

झोलाजस्तो वस्तु भेटिएको र त्यो शंकास्पद भएको भन्दै भोलि(आइतबार) बिहान मात्रै डिस्पोज गरिने उनले बताए। ‘झोलाजस्तो वस्तु भेटिएको छ, त्यहाँ शंकास्पद वस्तु हुन सक्छ। त्यसैले अहिले हामीले सुरक्षा दिएर राखेका छौँ। भोलि बिहान मात्रै नेपाली सेनाको टोलीले डिस्पोज गर्ने कुरा भएको छ।’ 

स्थानीयले झोलाजस्तो वस्तु बिहानै देखेको भए पनि साँझ मात्रै प्रहरीलाई खबर गरेका थिए। साँझ रात परिसकेकाले त्यसमा बम रहेछ भने क्षति हुन सक्ने भन्दै बिहान मात्रै डिस्पोज गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। 
 

See More On

सुझावित समाचार