सुर्खेत विमानस्थलमा बुद्ध एयरको ७२ सिटे जहाजको परीक्षण उडान सफल

बिहिबार, १ मंसिर, २०७९
डिजिटल संस्करण

 सुर्खेत विमानस्थलमा बुद्ध एयरको ७२ सिटे जहाज परीक्षण उडान सफल भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोग तथा सहकार्यमा बुधबार बुद्ध एयरको जहाजको परीक्षण उडान सफल भएको छ । बुद्ध एयरले एटिआर ४२ जहाजबाट सुर्खेत–काठमाडौं नियमित उडान भर्दै आइरहेको थियो ।

परीक्षण उडानअनुकूल रहेको अवस्थामा ०२३ जनवरीदेखि सुर्खेत–काठमाडौं दैनिक दुई उडान सञ्चालन गर्ने योजना रहेको बुद्ध एयरले जनाएको छ । बुद्ध एयरका अनुसार उक्त एटिआर ७२ विमानमार्फत उडान सञ्चालन गर्दा यात्रुहरूलाई  न्यूनतम भाडा सात हजार पाँच सय हुनेछ । त्यस्तै, डिसेम्बर ०२२ भित्र थप दुईवटा एटिआर ७२ जहाज ल्याउन लागेको विज्ञप्तिमा जनाएको छ । 

लामो समयदेखिको सपना पूरा भएको र आफूहरूले सस्तो भाडादरमा सुर्खेतबाटै नागरिकहरूले उड्न पाउनुपर्ने विषयमा वकालत गर्दै आएको सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारीले संघको बताए ।

सुझावित समाचार