मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक २८ सोमबार
  • Wednesday, 17 September, 2025
२o७९ कार्तिक २८ सोमबार १८:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नक्कली सुनका गहना धितो राखेर २४ लाख ऋण, पोखराबाट एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २८ सोमबार १८:५९:oo

नक्कली सुनका गहना बैंकमा धितो राखेर २४ लाख पाँच हजार ऋण लिई ठगी गर्ने एकजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिकास्थित सराङकोट बस्ने २५ वर्षका अभिषेक सुनारलाई ठगी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए। 

तिवारीका अनुसार पक्राउ परेका सुनारले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पोखरा १७ बिरौटामा रहेको शाखाबाट १६ लाख ६० हजार र पोखरा ८ पृथ्वीचोक शाखाबाट सात ४५ हजार गरि २४ लाख पाँच हजार कर्जा लिएका थिए।

कर्जा लिएपछि लामो समयसम्म कर्जाको ब्याज तथा साँवा बुझाउन सुनार नआएपछि बैंकलाई शंका लागेपछि उनले धितोमा राखेका गहना चेक गर्दा कमसल सुन प्रयोग गरी तयार गरिएको खुल्न आएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले अनुसन्धानको क्रममा धितोमा राखिएका गहना नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीले चेक जाँच गर्दा नक्कली सुनबाट तयार गरिएको भन्ने खुलेको हो। त्यसपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले सुनारलाई पक्राउ गरेको छ। 

पक्राउ परेका सुनारलाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको तिवारीले जानकारी दिए।