१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार १७:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

निर्वाचन सुरक्षा अवस्था बुझ्‍न जुम्ला पुग्यो मुख्यसचिवको टोली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १७:३७:oo

निर्वाचन सुरक्षाको अवस्था बुझ्नका लागि मुख्यसचिव शंकरदास बैरागीसहितको टोली कर्णालीमा पुगेको छ। निर्वाचनपूर्व अवस्था अनुगमन तथा सुरक्षा व्यवस्थाको अवस्था बुझ्न मुख्यसचिव बैरागी, गृहसचिव विनोदप्रकाश सिंह, रक्षासचिव किरणराज शर्मा र प्रधानमन्त्री कार्यालयका सचिव मधुकुमार मरासैनी, नेपाली सेनाका उपरथी अशोकराज सिग्देलसहितको टोली हेलिकोप्टरमा जुम्ला पुगेको हो।   

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले सचिवहरूको टोलीले जुम्लामा निर्वाचन र सुरक्षा तयारीको विषयमा जिल्ला सुरक्षा समितिसँग छलफल तथा आवश्यक निर्देशनसमेत गरेको छ। उनका अनुसार नेपाली सेनाको २४ नम्बर बाहिनी जुम्लामा कर्णाली र जिल्लाको निर्वाचन तयारी तथा सुरक्षाको विषयमा छलफल गरिएको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार छलफलमा नेपाली सेनाको २४ नम्बर बाहिनीका बाहिनीपति रामचन्द्र केसीले साबिक कर्णालीका ५ जिल्लाको सुरक्षा अवस्था र तयारीका विषयमा प्रस्तुति गरिएको प्रमुख जिल्ला अधिकारी केशरीले बताए। 
 

ad
ad