१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १६:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक दोहोरो अंकले गिरावट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १६:३१:oo

साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबार नेप्से १०.५४ अंक घटेर एक हजार आठ सय ८३.१६ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.८३ अंकले घट्दा फ्लोट इन्डेक्स ०.६८ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५८ अंकले घटेको छ।

यस दिन कारोबारमा आएका दुई सय २५ कम्पनीको २० लाख २८ हजार कित्ता सेयर ७७ करोड ४९ लाख ११ हजार रुपैयाँमा खरिद–बिक्री भएको छ। नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। गत बिहीबार एक अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये होटेल तथा पर्यटन उपसमूहबाहेक अरू सबै उपसमूहको परिसूचक घटेको छ। होटेल तथा पर्यटन उपसमूहको परिसूचक ०.६० प्रतिशत बढ्दा व्यापार उपसमूहको परिसूचक १.४४ प्रतिशत घटेको छ।

आइतबार लक्ष्मी इक्विटी फन्डको इकाइमूल्य ७.९० प्रतिशत बढेको छ भने मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य ३.७४ प्रतिशत बढेको छ। यता, निर्धन उत्थान लघुवित्तको सेयरमूल्य ६.४० प्रतिशत घटेको छ। आजको कारोबारमा शिवम् सिमेन्ट्सको १० करोड ३९ लाख रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ।
 

ad
ad