१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २५ शुक्रबार
  • Wednesday, 03 July, 2024
२o७९ कार्तिक २५ शुक्रबार १५:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

‘बिहारमा मदिरा निषेध अभियान असफल’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २५ शुक्रबार १५:o१:oo

बिहार सरकारले लागू गरेको मदिरा निषेध अभियान असफल भएको छ। बिहारका जनता दल (युनाइटेड)का नेता तथा पार्टीको राष्ट्रिय संसदीय बोर्डका अध्यक्ष उपेन्द्र कुसवाहले राज्यमा मदिरा निषेध अभियान सफल नभएको बताएका छन्। 

उनले सरकारको एकल प्रयासबाट अभियान सफल नहुने बताउँदै त्यस निम्ति जनसाधारणको साथ र समर्थन अपरिहार्य रहेको बताए। 

मदिरा आपूर्ति नरोकिएसम्म त्यसको खपत पनि नरोकिने यथार्थ सुनाउँदै उनले अभियानबाट केही हदसम्म समाज लाभान्वित भए पनि अभियान सफल हुन नसकेको स्वीकार गरे। उनले अभियान सफल बनाउन जनतालाई अग्रमोर्चामा आउन आह्वान गरे। 

नेता कुसवाहको यो भनाइले नीतीश कुमारको सरकारलाई अप्ठ्यारो पारेको छ। मदिरा आपूर्तिकर्ताहरूमाथि कठोर बन्न तथा कडाइका साथ कानुन कार्यान्वयन गर्न मुख्यमन्त्रीले आदेश दिएपछि नेता कुसवाहको यो भनाइ सार्वजनिक भएको हो। 

सन् २०१६ को अप्रिलदेखि बिहारमा मदिरामाथि प्रतिबन्ध लगाइएको छ। प्रतिबन्ध उल्लंघन गर्नेलाई १० वर्षसम्म काराबासको सजाय हुने कठोर व्यवस्था पनि गरिएको छ, तर मदिराको आपूर्ति र खपत घटेको छैन।

मदिराका कारण राज्यमा आपराधिक घटना बढेका छन् । बिहार राज्यका लागि भारतीय जनता पार्टीका निखिल आनन्दले पनि नेता कुसवाहको भनाइप्रति सहमति जनाएका छन्। 

ad
ad
ad
ad