मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ कार्तिक २४ बिहीबार
  • Wednesday, 02 September, 2026
२o७९ कार्तिक २४ बिहीबार o६:o९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिंगापुरसँग व्यापारिक गतिविधि बढाउन वीरगन्ज उवा संघ सक्रिय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २४ बिहीबार o६:o९:oo

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा रहेका व्यापारिक भ्रमण प्रतिनिधिमण्डलले सिंगापुर चेम्बर अफ कमर्ससँग सम्झौता गरेको छ । सिंगापुर भ्रमणमा रहेको प्रतिनिधिमण्डलले निजी क्षेत्रको व्यापार तथा व्यापारिक गतिविधि प्रवर्द्धन गर्ने, द्विराष्ट्रिय व्यापार प्रवर्द्धनमा दुवै राष्ट्रका निजी क्षेत्रका व्यवसायीलाई सहयोग तथा सहजीकरण गर्ने तथा दुवै संस्थाको दिगो आपसी हित हुने काम गर्ने उद्देश्यले सम्झौता गरेको हो । 

सम्झौतापत्रमा वीरगन्ज उवा संघको तर्फबाट अध्यक्ष डा. गुप्ता तथा सिंगापुर उवा संघका तर्फबाट अध्यक्ष चिउ बुन थोङले हस्ताक्षर गरेको जनाइएको छ । दुई संघबीच भएको भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा सिंगापुर चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका पदाधिकारीहरूसँग विविध विषयमा छलफल भएको वीरगन्ज उवासंघले जनाएको छ । 

सम्झौतामा दुवै संस्थाले द्विराष्ट्रिय व्यापार व्यवसायसँग सम्बन्धित सूचना आदान–प्रदान गर्ने, संयुक्त लगानी तथा साझेदारी व्यापारलाई प्राथमिकतामा दिने, प्राविधिक विशेषज्ञको व्यवस्था गर्ने, दुवै संस्थाले व्यापारिक उद्देश्यका लागि दुवै राष्ट्रको भ्रमण गर्ने, बैठक, सेमिनार तथा छलफल कार्यक्रमको आयोजना गर्ने र द्विराष्ट्रिय सम्बन्धलाई अझै मजबुत बनाउन विभिन्न प्रस्ताव ल्याउनेजस्ता कुरा उल्लेख गरिएको छ । सिंगापुर र भियतनामले अंगीकार गरेको विकास नीति नेपालले पनि कसरी अनुसरण गर्न सक्छ भन्ने सन्दर्भमा गरिएको दुई राष्ट्रको अध्ययन–अवलोकन भ्रमण ऐतिहासिक हुने र यसले भविष्यमा नेपालमा सार्थक योगदान पु¥याउने विश्वास रहेको वीरगन्ज उवा संघका अध्यक्ष डा. गुप्ताले बताए । 

वीरगन्ज उवा संघले आफ्नो राष्ट्रिय पहिचानलाई बदलिँदो समयसँगै विस्तार गर्दै अन्तर्राष्ट्रियस्तरमा समेत आफ्नो संस्थागत सम्बन्ध विस्तार गरेर पर्सेली अर्थकर्मीहरूलाई भविष्यमा आ–आफ्नो व्यापारिक क्रियाकलापको प्रवद्र्धन गर्ने दिशामा नयाँ अध्याय थपेको अध्यक्ष डा. गुप्ताले बताए ।