१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २३ बुधबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ कार्तिक २३ बुधबार १२:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मेरो जित सुनिश्चित छ : ओनसरी घर्ती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ कार्तिक २३ बुधबार १२:४९:oo

पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)की नेतृ ओनसरी घर्तीले चुनावी घरदैलोले आसन्न निर्वाचनमा आफ्नो जित झनै सुनिश्चित गरेको बताएकी छिन् । बुधबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलो अभियानका क्रममा नेतृ घर्तीले गठबन्धनको अभिमतले निर्वाचन जित्नेमा ढुक्क रहे पनि चुनावी घरदैलोले झनै उत्साह थपेको बताइन्।

सत्तागठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर २ की प्रतिनिधिसभाकी साझा उम्मेदवारसमेत रहेकी घर्तीले घरदैलो अभियानमा निर्वाचन क्षेत्रका मतदाताले गरेको स्वागतले आफ्नो टिममा उत्साह थपेको बताइन् । उनले आसन्न निर्वाचनमा आफ्नो जितमा स्पष्ट रहेको र मंसिर ४ को निर्वाचन प्रक्रिया मात्रै कुरेर बसेको बताइन् ।

नेतृ घर्तीले निर्वाचनमा जित निकालेपछि जनताको कुनै पनि हक, अधिकारको कटौती नहुने गरी कानुन निर्माण गर्ने प्रतिबद्धता जनाइन् । उनले विजयपछि जनताको विकास निर्माणको एजेन्डालाई पहुँचमा पुर्‍याउने, खानेपानी, खेलकुद, करिडोर, फोहाेरलगायतका जनताका समस्यालाई आफूहरूले समाधान गर्ने प्रतिबद्धता जनाइन् ।

उम्मेदवार घर्तीले आमनागरिकले दिएको माया र स्वागतले भोलिका दिनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा आफ्नो कर्तव्य बढेको महसुस भएको बताइन् । 

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा आफ्नो पार्टीलाई जित दिलाउन राजनीतिक दलका शीर्ष नेताहरू पार्टीका चुनावी एजेन्डा लिएर देश दौडाहामा छन्। 
 
 

ad
ad
ad
ad