१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ कार्तिक २३ बुधबार ०९:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोलखाको झ्याँकुमा पार्किङमा राखेको बसमा आगजनी 

Read Time : < 1 मिनेट
२०७९ कार्तिक २३ बुधबार ०९:३६:००

गएराति दोलखाको झ्याँकुमा पार्किङ गरी राखेको रोल्वालिङ यातायातको बा.३ख ५९७० नम्बरको बसमा आगजनी भएको छ । मंगलबार दोलखाको सिँगटीबाट यात्रु बोकेर झ्याँकु पुगेको बस साउनेमा पार्किङ गरी राखेको अवस्थामा आगजनी भएको हो ।

गाडीधनी नवराज खड्काका अनुसार मंगलबार राति अन्दाजी १०:३० बजे गाडीमा अज्ञात समूहले आगो लगाएको देखेर नजिकैको होटेल सञ्चालकले खबर गरेका थिए । गाडीमा झ्याँकुबाट काठमाडौं बसाइँ सर्न लागेका दुई परिवारको सम्पूर्ण सामग्री लोड गरिएको हुँदा ती सबै सामान जलेर नष्ट भएको गाडी सञ्चालक खड्काले जानकारी दिए । 

इलाका प्रहरी कार्यालय सिँगटीका अनुसार राति गाडी जलेको खबर आउनासाथ घटनास्थलमा प्रहरी पठाइएको थियो । प्रहरी पुग्दा गाडी जलेर पुरै नष्ट भएको प्रहरी निरीक्षक सानु तामाङले जानकारी दिए । 

घटनाबारे थप अनुसन्धान गर्न प्रहरी निरीक्षक तामाङ आफँ घटनास्थल खटिएका छन् । उक्त बसमा कसरी आगलागी भयो भन्नेबारे अनुमान लगाउन नसकिएको प्रहरीले जनाएको छ । 

उक्त बसमा तीन दिनअघि सत्तारूढ गठबन्धनका कार्यकर्ताले निर्वाचनको ब्यानर टाँस्न प्रयोग  गरेको तस्बिर सार्वजनिक भएको छ । त्यसैले आगजनीको कारण राजनीतिक भएको हुन सक्ने कतिपयको बुझाइ छ । घटनाबारे थप अध्ययन गर्न प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।