१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १४:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बदर मत घटाउन धनकुटामा नमुना मतदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १४:३४:oo

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि धनकुटामा नमुना मतदान गरिएको छ। जिल्ला निर्वाचन कार्यालयले मत बदर कम गर्न नमुना मतदान आयोजना गरेको हो।

पशुविज्ञ तथा भेटेरिनरी कार्यालयमा नमुना मतदान आयोजना गरिएको थियो। कर्मचारी, सेवाग्राही, पत्रकार, स्थानीय र बुद्धिजीवीलगायतले नमुना मतदानमा भाग लिएका थिए। नमुना मतदानमा सहभागीले प्रतिनिधिसभा र प्रदेश सभामा जस्तै प्रत्यक्ष र समानुपातिक गरी चारवटा मतपत्रमा चारपटक मतदान गरेका छन्।

नमुना मतदानमा २१ पुरुष र १५ महिला गरी ३६ जना सहभागी रहेका जिल्ला निर्वाचन कार्यालय धनकुटाका प्रमुख जयराम श्रेष्ठले जानकारी दिए। उनका अनुसार जिल्लाका अन्य ६ वटै स्थानीय तहमा पनि नमुना मतदान कार्यक्रम आयोजना गरिनेछ।

जिल्लामा एक लाख १६ हजार नाै सय ९१ मतदाता रहेका छन्। तीन नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा कुल एक सय १९ मतदानस्थल र एक सय ६२ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ।
 

ad
ad