१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २१ सोमबार
  • Wednesday, 26 June, 2024
मोहन विष्ट कञ्चनपुर
२o७९ कार्तिक २१ सोमबार १३:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

कञ्चनपुर ३ मा कांग्रेसका बागी उम्मेदवार सिंहद्वारा घोषणापत्र सार्वजनिक

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७९ कार्तिक २१ सोमबार १३:५३:oo

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि  नेपाली कांग्रेसका बागी उम्मेदवार दीपकबहादुर सिंहले घोषणापत्र सार्वजनिक गरेका छन्। सत्तागठबन्धनका साझा उम्मेदवारसमेत रहेका कांग्रेस नेता एवं पूर्वमन्त्री रमेश लेखकविरुद्ध सिंहले बागी उम्मेदवारी दिएका छन्। उनी कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत थिए।

सिंहले निर्वाचन क्षेत्रका अधिकांश वडामा सम्पर्क कार्यालय खोलेर घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्र सार्वजनिक गर्दै सिंहले कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र विकासलाई प्राथमिकता दिने प्रतिबद्धता गरेका छन्।

घोषणापत्रमा महाकाली प्रादेशिक अस्पताललाई मेडिकल कलेज बनाउने, दुग्ध उद्योगमा लगानी बढाउने,  कृषिलाई उच्च प्राथमिकता दिने, प्रत्येक वडामा स्वास्थ्यचौकी, विपन्न विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा, ब्रह्मदेवको सिद्धबाबाबाट झिलमिलासम्म केबलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन, दोधारा–चाँदनी र भीमदत्तलाई स्मार्ट सिटी बनाउने उल्लेख गरेका छन्।

त्यस्तै, दोधारा–चाँदनी र भीमदत्त नगरपालिकामा योग तथा ध्यान केन्द्र सञ्चालन, हरेक वडामा खेलमैदान निर्माण, स्वच्छ खानेपानीको दिगो व्यवस्था, दोधारा–चाँदनीमा एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह निर्माण, दोधारा–चाँदनीमा औद्योगिक क्षेत्रका लागि पहल गर्नेलगायतका विषयलाई उनले घोषणापत्रमा समेटेका छन्।

घोषणपत्र सार्वजनिक गर्दै सिंहले आफ्नो उम्मेदवार कुनै व्यक्ति वा पार्टी विशेषविरुद्ध नभई राजनीतिक पुस्तान्तरणका लागि भएको दाबी गरे। ‘अहिले क्षेत्र नम्बर ३ मा कांग्रेस–माओवादी र एमाले–राप्रपाबीच गठबन्धन भएको छ,’ सिंहले भने, ‘यो राजनीति सत्ताका लागि मात्रै हो, जनताको सेवाका लागि होइन।’

पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी दिएको भन्दै नेपाली कांग्रेसको कारबाही भोगिसकेका उनले भविष्यमा कुनै पनि हालतमा कांग्रेसमा नफर्कने उद्घोष गरेका छन्।

ad
ad
ad
ad