मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक २० आइतबार ०९:४८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेयर लगानीकर्तालाई  राकेश झुनझुनवालाका पाँच सुझाव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक २० आइतबार ०९:४८:००

‘बिग बुल’को नामबाट चिनिने भारतीय सेयर बजारका लगानीकर्ता राकेश झुनझुनवालाको केही समयअघि निधन भयो । पाँच हजार रुपैयाँबाट सेयर बजार प्रवेश गरेका उनले ४३ हजार करोड भारु बनाए । यो सम्पत्ति उनले यत्तिकै कमाएका भने होइनन् । यसका पछाडि उनका पाँच टिप्स छन् । यिनै टिप्स सम्झेर लगानी गर्थे । के हुन् त उनका ती टिप्स ?

१. कुनै गल्ती हुँदा नडराउने

झुनझुनवालाको मान्यता थियो, गल्ती हुँदा डराउनु हुँदैन । सेयर बजारमा लगानी गर्दा धेरै निर्णय गर्नुपर्छ । कहिलेकाहीँ यस्तो निर्णय गलत पनि साबित हुन सक्छ । यदि गल्ती गरेर डराउने हो भने फैसला लिन नपाइने र पैसा पनि कमाउन सकिँदैन ।

२. लगानी गर्नुपूर्व कम्पनीको रिसर्च गर्ने 

कुनै कम्पनीको सेयर पैसा लगाउनुअघि उक्त कम्पनीबारे राम्रो रिसर्च गर्नुपर्छ । दीर्घकालीन लगानी गर्दा कम्पनीको ब्यालेन्स सिटका साथै त्यसको म्यानेजमेन्ट र भविष्यको योजनाबारे पनि बुझ्नुपर्छ ।

३. सेयर बजार सुप्रिम हो, स्वीकार गर्ने

सेयर बजार सबभन्दा उच्च अर्थात् सुप्रिम हो । यदि सेयर बजारलाई सुप्रिम नमान्ने हो भने कहिल्यै गल्तीबाट सिक्न पाइँदैन । यस्तै, घाटा हुँदा धेरैले आफ्नो गलत फैसलामाथि चिन्तन गर्नुको सट्टा मार्केटलाई गाली गर्छन् । तर, जसले सेयर बजारलाई सुप्रिम मान्छन्, उनीहरूले आफ्नो फैसलाको आकलन गर्दै गल्तीबाट सिक्छन् र पैसा कमाउँछन् ।

४. ट्रेडिङ र इन्भेस्टमेन्टलाई अलग–अलग राख्ने

सेयर बजारमा मान्छेले दुई तरिकाबाट पैसा कमाउँछन् । पहिलो ट्रेडिङ (कारोबार) र दोस्रो इन्भेस्टमेन्ट (लगानी) । ट्रेडिङमा मान्छेले छोटो समयका लागि पैसा लगाउँछन् र सेयरको मूल्य बढ्नासाथ बेचिदिन्छन् । तर, इन्भेस्टमेन्टमा दीर्घकालीन फाइदा हेरी पैसा लगाई राम्रो रिटर्नको प्रतीक्षा गर्छन् । यदि दुवै काम गर्नु छ भने दुवै पोर्टफोलियोलाई अलग–अलग राख्नुपर्छ । ट्रेडिङमा घाटाको सम्भावना कम हुन्छ भने इन्भेस्टमेन्टमा धेरैले नाफा कमाउँछन् । त्यसैले लामो समयका लागि लगानी गर्नुपर्छ । 

५. स्टक टिप्सको चक्करमा नपर्ने

सेयर बजारमा लगानी गर्नेबारे धेरैले ‘स्टक टिप्स’ को चक्करमा परेर पैसा डुबाउँछन् । तर, त्यसरी हुँदैन । सधैँ आफैँले रिसर्च गरेर लगानी गर्नुपर्छ । स्टक टिप्सको चक्करमा पर्दा घाटा व्यहोर्नुपर्ने हुन्छ । यदि कुनै सेयर घाटामा गयो भने ठूला लगानीकर्ता त्यसलाई बेचेर बाहिर निस्कन्छन्, तर साना लगानीकर्ता फस्न सक्छन् ।