मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक १८ शुक्रबार १०:२०:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

यू–१५ महिला साफ च्याम्पियनसिप : भुटानविरुद्ध वर्षाको ह्याट्रिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक १८ शुक्रबार १०:२०:००

स्ट्राइकर वर्षा ओलीको ह्याट्रिकको सहयोगमा नेपालले यू–१५ साफ महिला च्याम्पियनसिपमा भुटानलाई ७–० ले पराजित गरेको छ । बिहीबार ढाकास्थित बिएसएसएस मुस्तफा कमल मैदानमा सानदार जित निकालेको नेपालले महत्वपूर्ण तीन अंक जोडेको छ । कमजोर देखिएको भुटानविरुद्ध नेपाल पूर्ण रूपमा हावी बनेको थियो । 

डबल राउन्ड रोबिनअनुसार प्रतियोगितामा नेपाल, बंगलादेश र भुटान सहभागी छन् । सुरुवाती समान एक खेल जितेको बंगलादेश र नेपालको तीन–तीन अंक छ । बंगलादेशले पहिलो खेलमा भुटानलाई ८–० ले पराजित गरेको थियो । तालिकाको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । 

२५ सेकेन्डमा गोल 
दश खेलाडीमा सीमित भुटानविरुद्ध प्राप्त सहज जितमा नेपालको फिनिसिङ चुस्त देखिएको थियो । स्ट्राइकर र मिल्डफिल्डरले प्रभावशाली प्रदर्शन गर्दा नेपालले पहिलो हाफमा चार गोल गर्‍यो । दोस्रो हाफमा नेपालले तीन गोल थप्यो । नेपालको जितमा वर्षाले चार गोल गरेकी थिइन् । सुक्रिया मियाले दुई गोल गर्दा वैकल्पिक खेलाडी सेनु परियारले एक गोल गर्न सफल भइन् । भुटानविरुद्ध नेपालले खेलको २५ सेकेन्डमै गोल गरेको थियो । 

कप्तान दीपा रोकायाले मिलाएको बललाई वर्षाले भुटानी खेलाडीलाई बिट गर्दै बक्सभित्रबाट सहज गोल गरिन् । दीपाले खेलको १७औँ र ३३औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । उनले चौथो गोल ३४औँ मिनेटमा गरिन् । दोस्रो हाफमा सुक्रियाले ६५औँ मिनेटमा ५–० को अग्रता दिलाइन् । खेलको ६७औँ मिनेटमा भुटानकी गोलरक्षक दीक्षा राईले रातो कार्डको सामना गर्दा भुटान १० खेलाडीमा सीमित भयो । ७२औँ मिनेटमा सुक्रिया व्यक्तिगत दोस्रो गोल गर्न सफल भइन् । वैकल्पिक खेलाडी सेनुले ८५औँ मिनेटमा गोल गर्दा नेपाल ७–० ले विजयी भयो । नेपालकी प्रशिक्षक भगवती रानामगरले खेलाडीहरूले राम्रो प्रदर्शन गरेको प्रतिक्रिया दिएकी छिन् । ‘