१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o९:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

ताप्लेजुङमा बढ्यो पर्यटकको चहलपहल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:२५:oo

कोरोना कहरका कारण तीन वर्ष ताप्लेजुङमा पर्यटन व्यवसाय ठप्प थियो । तर, कोरोनाको लहर सकिएसँगै अहिले पर्यटन व्यवसाय जागेको छ । कञ्चनजंघा क्षेत्रमा पर्ने ताप्लेजुङको उत्तरवर्ती हिमाली गाउँ अर्थात् कञ्चनजंघा हिमाल चढ्न तेस्रो क्याम्प सेखाथुममा पर्यटकको चहलपहल सुरु भएको स्थानीय होटेल व्यवसायी पासाङयाङ्की शेर्पाले बताइन् । घुन्सामा शेर्पा गेस्टहाउस चलाउँदै आएका डुन्डु शेर्पा पनि पर्यटकको स्वागतमा व्यस्त रहेको बताए ।

‘गाउँमा पर्यटक आउँदा होटेलवालाको मात्र हैन, अन्यको पनि धेरथोर आम्दानी हुन्छ,’ शेर्पाले भने, ‘त्यसैले स्थानीयलाई नेताभन्दा पनि पर्यटक आएकोमा खुसी लाग्छ ।’ घुन्सावासीको नेताहरूसँग पर्यटक हिँड्ने बाटो बनाइदिए पुग्ने माग छ । भत्केको बाटो बनाइदिए हुन्छ । तर, यसपटक अनगिन्ती ठाउँमा पहिरो गएको स्थानीयवासीले बताएका छन् । ‘सकेजति पहिरो स्थानीयले हटाए,’ उनले भने, ‘सरकारबाट खासै केही सहयोग भएन ।’ उत्तरी ओलाङचुङगोला नाकामा रहेको हिमाललाई पर्यटनका रूपमा विकास गर्न चीनसँग सीमा जोडिएको तिप्ताला भञ्ज्याङ नाका नियमित सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ । 

इतिहासमा पहिलोपटक सन् १९५५ मे २५ मा विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघामा प्रथमपटक सफल आरोहण जर्ज व्यार्डको टोलीले गरेको थियो । सो रुट पत्ता लगाउन उनलाई ठूलो समस्या परेको ०६१ सालमा आरोहणको ५० वर्ष पुगेको अवसरमा आउँदा उनले स्मरण गरेका थिए । त्यस समयमा ताप्लेजुङमा पर्यटकीय पूर्वाधार केही बनेको थिएन । अहिले पनि पूर्वाधार अभावकै कारण कञ्चनजंघालगायत सात हजार मिटरमाथि उचाइ भएका २१ वटा हिमाल भए पनि पर्यटक भने न्यून आउने गरेका छन् । यस वर्षको भदौ, असोज र कात्तिकमा तीन सय ५० पर्यटक जिल्ला भित्रिएका छन् । 

ad
ad