मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक १७ बिहीबार
  • Tuesday, 15 July, 2025
सौरभ यादव राजविराज
२o७९ कार्तिक १७ बिहीबार २o:१२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्य सेवा लिन बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्छाैँ : यादव  

Read Time : > 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o७९ कार्तिक १७ बिहीबार २o:१२:oo

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समग्र विकासका लागि जिल्लालाई स्वास्थ्य र शिक्षाको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छ्न्।

राजविराजमा बिहीबार गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूसँग भेटघाटको क्रममा बोल्दै उनले स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा जोड दिएका हुन्। 

कार्यक्रममा बोल्दै यादवले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्य अगाडि बढेसँगै सप्तरीको विकासको आधारशीला प्रारम्भ भएको बताए।

‘सप्तरीमा विशिष्ट सेवा भएको अस्पतालको रूपमा पूर्वाधार निर्माणको कार्य अगाडि बढिसकेको छ,’ अध्यक्ष यादवले भने, ‘अस्पताल निर्माण कार्यले पूर्णता पाउनासाथ जिल्लाको अवस्था नै फरक देखिन्छ। साथै, स्वास्थ्य सेवा लिन बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने तथा हजारौँले रोजगारी पाउनेछ्न्।’

अस्पताल र क्याम्पसहरूले गर्दा विराटनगर र धरानको विकासले गति लिएको चर्चा गर्दै उनले जिल्लाको विकासका लागि प्रतिष्ठान, गजेन्द्रनारायण सिंह अस्पतालमा नर्सिङ कलेजको पूर्वाधार निर्माण, इन्जिनियरिङ क्याम्पस र कृषि विश्वविद्यालय सञ्चालनमा आउनासाथ जिल्लाको विकासमा ठूलो परिवर्तन आउने विश्वास व्यक्त गरे।

उनले प्रतिष्ठानलाई पूर्वी नेपालको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानपछिको ठूलो मेडिकल हबको रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

गजेन्द्रनारायण सिंह अस्पताललाई आधुनिक सेवा सम्पन्न अस्पताल निर्माणमा सबै पक्षको सहयोग आवश्यक रहेको बताउँदै यादवले अस्पतालको समग्र विकासका लागि आफूले गरेको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दीअनुसारको चिकित्सक बस्न नसक्नु दुर्भाग्यपूर्ण भएको बताउँदै यादवले चिकित्सकहरूलाई बस्ने वातावरणको सिर्जना गर्नु जिल्लावासीको पनि दायित्व भएको उल्लेख गरे। 

विकास गर्ने लक्ष्य लिएर आफ्नो जन्मथलोलाई कर्मथलो बनाएर आफूले सप्तरीलाई छानेको उल्लेख गर्दै उनले जिल्लावासीको पूर्णसाथ सहयोग पाउने विश्वास व्यक्त गरे।

  गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशप्रसाद साहले उपकरणको व्यवस्था भए पनि प्राविधिक र आवश्यक जनशक्ति अभावले सेवा प्रभावित हुने गरेको बताए।