Skip This
प्रतिगामी शक्तिलाई पराजित नगरे लोकतन्त्रमाथि गम्भीर खतरा : डा. भट्टराई
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १७ बिहीबार
  • Friday, 26 July, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १७ बिहीबार १२:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिगामी शक्तिलाई पराजित नगरे लोकतन्त्रमाथि गम्भीर खतरा : डा. भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १७ बिहीबार १२:३४:oo

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिगामी शक्तिलाई परास्त गर्न नसके संघीय लोकतान्त्रिक गणतन्त्र गुम्ने खतरा रहेको बताएका छन्।

बिहीबार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरूको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ६५ वर्ष लडेर ल्याएको व्यवस्था फेरि गुमे अर्को पुस्तालाई लड्ने समय नहुने भन्दै उनले आगामी निर्वाचनमा गठबन्धनलाई जिताउनुको विकल्प नरहेको जिकिर गरे।

‘यो निर्वाचनमा पनि प्रतिगमनकारी शक्तिलाई पराजित गर्न सकेनौँ भने, फेरि अघि आउन दियौँ भने संघीय लोकतान्त्रिक गणतन्त्रमाथि गम्भीर खतरा छ। ६५ वर्ष लडेर ल्याएको व्यवस्था फेरि गुम्यो भने अर्को पुस्तालाई समय र छुट छैन। जनताका आकांक्षा धेरै अघि गइसके, त्यसैले यसको रक्षा गर्नका लागि हामी एक ठाउँमा आएका हौँ,’ उनले भने।

अध्यक्ष भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रको जरो राम्रोसँग नबसेको उल्लेख गर्दै आफूले माओवादीसँग सहकार्य गरिरहेको बताए। उनले लोकतान्त्रिक गणतन्त्रको जरो राम्रोसँग नगडेसम्म र विकास र समृद्धिको न्यूनतम आधार तयार नभएसम्म माओवादीहरू मिलेर सहकार्य गर्नुको विकल्प नरहेको प्रस्ट पारे।