१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक १७ बिहीबार १०:२२:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अलराउन्डरमा  दीपेन्द्रको वरीयता यथावत्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक १७ बिहीबार १०:२२:००

नेपालीका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० अलराउन्डर वरीयतामा यथावत् रहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले मंगलबार सार्वजनिक गरेको टी–२० वरीयतामा दीपेन्द्र १३औँ स्थानमै रहेका छन् । दीपेन्द्रले एक सय ५१ अंक रेटिङ जोडेका छन् । नेपालले अन्तिमपटक अन्तर्राष्ट्रिय टी–२० खेल अगस्टमा केन्याविरुद्ध खेलेको थियो । त्यसयता नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रतिस्पर्धा गरेको छैन । केन्याविरुद्धको सिरिजमा दीपेन्द्रले एक सय ६१ रन जोडेका थिए । 

दीपेन्द्रभन्दा एक स्थानमाथि जिम्बावेका सिएन विलियम्स रहेका छन् । १४औँ स्थानमा जिम्बावेका एडेन माक्राम छन् । टी–२० अलराउन्डर वरीयताको शीर्ष स्थानमा बंगलादेशका सकिव अल हसन रहेका छन् । उनले सर्वाधिक दुई सय ५५ रेटिङ अंक जोडेका छन् । यसैगरी, टी–२० बलिङ वरीयतामा नेपालका पूर्वकप्तान सन्दीप लामिछाने ७४औँ स्थानमा छन् । उनले चार सय ४७ रेटिङ पाएका छन् । बलिङतर्फ अफगानिस्तानका रसिद खान शीर्ष स्थानमा छन् । उनले सात सय रेटिङ अंक पाएका छन् । 

टी–२० ब्याटिङ वरीयतामा नेपालका कुशल भुर्तेल ५३औँ स्थानमा छन् । उनको वरीयता परिवर्तन भएको छैन । कुशलले चार सय ७८ रेटिङ पाएका छन् । ब्याटिङतर्फ दीपेन्द्रसिंह ५८औँ स्थानमा छन् ।