१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक १७ बिहीबार ०८:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्रेनको ठक्करबाट क्रोएसियामा एक नेपालीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक १७ बिहीबार ०८:१५:००

ट्रेनको ठक्करबाट क्रोएसियामा एक नेपालीको मृत्यु भएको छ । क्रोएसियाको राजधानी जागरिबस्थित सेसभेस सहरमा काम गरेर फर्किने क्रममा रोल्पा घर भएका टीकाराम घर्तीमगरको मृत्यु भएको नेपाली समाज क्रोएसियाका अध्यक्ष हरिबहादुर लामाले नयाँ पत्रिकालाई जानकारी दिए ।

अन्दाजी ४० वर्षका घर्तीमगर दुई महिनाअघि मात्रै क्रोएसिया पुगेका थिए । कन्स्ट्रक्सन कम्पनीमा काम गरेर फर्किने क्रममा बुधबार पाँच बजेर १५ मिनेटमा ट्रेनले ठक्कर दिएपछि घटनास्थलमै उनको मृत्यु भएको लामाले बताए ।