१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार २o:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

विश्वकपको तयारीका क्रममा मारिएका आप्रवासी कामदारलाई क्षतिपूर्ति दिन कतारले गर्‍यो अस्वीकार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २o:४३:oo

कतारले विश्वकप तयारीका क्रममा मारिएका र घाइते भएका आप्रवासी कामदारका लागि क्षतिपूर्ति कोषको मागलाई अस्वीकार गरेको छ। कतारका श्रममन्त्री अली बिन समिख अल मारीले एएफपीसँग कुरा गर्दै खाडी राष्ट्रका आलोचकमाथि ‘जातिवाद’ को आरोप लगाएका छन्।

मारीले कतारसँग कामदारको मृत्यु र घाइतेको उपचारका लागि कोष रहेको बताएका छन्। 'फिफाको नेतृत्वमा क्षतिपूर्ति अभियानको यो आह्वान पब्लिसिटी स्टन्ट हो,' उनले एक विशेष अन्तर्वार्तामा भने, 'हाम्रो ढोका खुला छ। हामीले धेरै मुद्दाको निरूपण र समाधान गरेका छौँ।'

एम्नेस्टी इन्टरनेसनल र ह्युमन राइट्स वाचले फिफा र कतारलाई ४४ करोड अमेरिकी डलरबराबरको कामदारका लागि कोष बनाउन माग गरेका छन्। मानवअधिकारवादी समूहहरूले कतारले मृत्युको रिपोर्टिङ कम गरेको आरोप लगाएका छन्। 

कतार सरकारले निर्माणस्थलमा भएका दुर्घटना र गर्मीका कारण हुने रोगका कारण हजारौँको मृत्यु भएको भन्ने समाचारप्रति कडा आपत्ति जनाएको छ। फिफाले कोषको बारेमा ‘निरन्तर संवाद’ भइरहेको बताएको छ। 
 

ad
ad