१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १६ बुधबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १६ बुधबार o६:११:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

‘महालक्ष्मी बैंक २ ३ ४ को जादु’ नामक योजना सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १६ बुधबार o६:११:oo

महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले महालक्ष्मी मोबाइल एप प्रयोगकर्ताका लागि ‘महालक्ष्मी बैंक २ ३ ४ को जादु’ नामक योजना सञ्चालनमा ल्याएको छ । बैंकले महालक्ष्मी मोबाइल एप प्रयोग गरी कारोबार गर्नेलाई उपहार प्रदान गर्ने योजना ल्याएको हो । 

योजनाअनुसार दुई महिनासम्म तीनवटा कारोबार गर्ने ग्राहकमध्ये भाग्यशाली चार ग्राहकले स्मार्ट फोन प्राप्त गर्न सक्ने जनाइएको छ । योजना हालसम्म महालक्ष्मी मोबाइल एप प्रयोग नगरेका ग्राहकलाई लक्षित गर्दै कात्तिक १५ देखि पुस १६ गतेसम्म अर्थात् १ नोभेम्बर २०२२ देखि ३१ डिसेम्बर २०२२ सम्म सञ्चालन गर्न लागेको बैंकले जनाएको छ । 

ग्राहकले दुई महिनासम्म तीनवटा कारोबार गर्दा कारोबार रकम न्यूनतम एक सय रुपैयाँ वा सोभन्दा बढी साथै कम्तीमा पनि एउटा कारोबार मोबाइल टपअपको हुनुपर्ने सर्त रहेको जनाइएको छ । बैंकले ग्राहकको बैंकिङ आवश्यकता तथा अपेक्षालाई मध्यनजर गर्दै डिजिटल बैंकिङका साथै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्घता जनाएको छ ।

ad
ad
ad
ad