१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १३ आइतबार
  • Saturday, 29 June, 2024
रासस सियोल
२o७९ कार्तिक १३ आइतबार १३:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

सियोलमा भागदौड मच्चिँदा १५० भन्दा बढीको मृत्यु

Read Time : < 1 मिनेट
रासस, सियोल
नयाँ पत्रिका
२o७९ कार्तिक १३ आइतबार १३:१७:oo

दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित एक धार्मिक उत्सवमा भागदौड मच्चिँदा एक सय ५० जनाभन्दा बढीको मृत्यु भएको छ। इसाई धर्मावलम्बीहरूले प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाउने ‘हेलोविन’मा सहभागीहरूबीच राजधानीको प्रसिद्ध इटावोन जिल्लामा भागदौड हुँदा शनिबार उक्त घटना भएको यहाँका अधिकारीहरूले बताएका छन्।

उत्सवमा सहभागी एक लाखभन्दा बढी मानिस त्यस क्षेत्रका साँघुरा गल्ली र घुमाउरो सडकहरूमा थुनिएपछि भागदौड भएको बताइएको छ। घटनाप्रति दुःख व्यक्त गर्दै दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले आइतबार राष्ट्रिय शोकको घोषणा गर्दै टेलिभिजनमार्फत गरेको एक सम्बोधनमा भने, ‘एउटा त्रासदी र विपत्ति आयो, जुन हुनु हुँदैनथ्यो। सरकारले घटनाको विस्तृत अनुसन्धान गर्नेछ र भविष्यमा फेरि यस्तै दुर्घटना नहोस् भनी आवश्यक सुधार गर्ने तथा सावधानी अपनाउनेछ।’

प्रत्यक्षदर्शीहरूले साँघुरो, ढलान भएको गल्लीमा फसेका एक–अर्कामाथि ढलेका र घुँडा टेकी उठ्ने र भिडबाट बाहिर निस्कन कोसिस प्रयास गर्दागर्दै भिडले कुल्चेर जीवन त्याग्न बाध्य भएका बताएका छन्।

स्थानीय समयअनुसार राति १० बजे भएको भागदौडमा परी १९ विदेशीसहित कम्तीमा एक सय ५१ जनाको मृत्यु भएको अग्नि नियन्त्रण विभागले जनाएको छ। मृत्यु हुनेमा अधिकांश २० वर्षभन्दा कम उमेरका युवती रहेको र ८९ जना घाइते भएका बताइएको छ।

गृह मन्त्रालयले मृतकमध्ये अधिकांशको पहिचान भइसकेको जनाएको छ। ‘हेलोविन घटनाका क्रममा धेरैलाई कुल्चिएका कारण हताहत हुनेको संख्या धेरै हुन गएको छ,’ अग्नि नियन्त्रक चोई सियोङ–बिओमले घटनास्थलमा रहेका पत्रकारहरूलाई बताए। घटनामा कैयौँ व्यक्ति सख्त घाइते भएकोले मृतकको संख्या बढ्न सक्ने उनले बताए।

सियोलका अधिकारीहरूले आइतबार बिहानसम्म तीन सय ५५ जना हराइरहेका अपुष्ट रिपोर्ट प्राप्त भएको जनाएका छन्।

ad
ad
ad
ad