१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख २४ सोमबार १९:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बढी जोखिममा दुईपांग्रे सवारीसाधनमा सवार बालबालिका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १९:५२:oo

प्रहरीले दुईपांग्रे सवारीसाधनमा सवार बालबालिका अत्यन्त जोखिममा रहेको जनाएको छ। तीव्र गतिमा गुडेका दुईपांग्रे सवारीसाधन अनियन्त्रित भई दुर्घटना हुने गरेको र त्यसमा सवार बालबालिकाहरू दुर्घटनाको सिकार हुने क्रम बढ्दो रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको हो।

त्यसैले, ट्राफिक प्रहरीले सुरक्षित तवरले बालबालिका राखेर दुईपांग्रे सवारीसाधन नचलाउन सर्वसाधारणमा अनुरोध गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहायक प्रवक्ता अवदेश विष्ट क्षेत्रीले सुरक्षित तवरले सवारीसाधन चलाउन र ट्राफिक नियम पालना गर्न अनुरोध गरेका छन्। प्रहरीको दुर्घटना कम गर्ने अभियानमा सबैबाट सहयोगको अपेक्षा रहेको पनि प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ।

ad
ad