![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/काठ-बरामद2022-10-24-11-59-39.jpeg)
मकवानपुर प्रहरीले जिल्लाको पूर्वी क्षेत्र बकैया गाउँपालिकाको धियालबाट ४३.४१ क्युफिट अवैध चिरान काठ बरामद गरेको छ। अस्थायी प्रहरी पोस्ट धियालबाट खटिएको प्रहरी टोलीले आइतबार उक्त चिरान काठ फेला पारेको हो।
बकैया वडा नम्बर ७ चिसापानी खोल्सी कालापानी पाखा अन्तरेडाँडास्थित राष्ट्रिय वनभित्र बेवारिसे अवस्थामा सालको चिरान काठहरू रहेको भन्ने खबर प्राप्त भएपछि प्रहरी उक्त स्थानमा पुगेको थियो। ७७ थान (४३.४१ क्युफिट) सालको चिरान काठ बरामद गरी आवश्यक कारबाहीका लागि अस्थायी वन कार्यालय बकैया हात्तीसुँडेमा बुझाएको प्रहरीले जनाएको छ।