१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ४ शुक्रबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक ४ शुक्रबार १२:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

खाद्य पदार्थमा जथाभावी रंग प्रयोग नगर्न विभागको निर्देशन

अखाद्य रंगको प्रयोग भेटिए कारवाही गर्ने चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक ४ शुक्रबार १२:oo:oo

नजिकिँदो तिहारमा हुन सक्ने अस्वस्थ खाद्य पदार्थको बिक्री–वितरण नगर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचित गरेको छ। शुक्रबार सूचना प्रकाशित गर्दै विभागले खाद्य पदार्थमा अनावश्यक रंग प्रयोग नगर्न भनेको हो।

खाद्य पदार्थमा स्वीकृत खाद्य रंग तथा त्यसको तोकिएको मात्रा र विधिबमोजिम मात्र गर्न विभागले भनेको छ। अखाद्य रंगहरू प्रयोग गरेको भेटिए कानुनबमोजिम कारबाही गर्ने चेतावनीसमेत विभागले दिएको छ।
 
‘मिठाईलगायतका खाद्य पदार्थ उत्पादन गर्ने खाद्य उत्पादकहरूले स्वीकृत गरिएका खाद्य रंगहरू तोकिएको मात्रा र तोकिएको विधिबमोजिम मात्र प्रयोग गरी खाद्य पदार्थहरू उत्पादन एवं बिक्री–वितरण गर्न–गराउन हुन सूचित गरिन्छ,’ सूचनामा भनिएको छ, ‘स्वीकृत खाद्य रंगहरूबाहेक अन्य अखाद्य रंगहरू प्रयोग नगर्नुहुन र सो गरेको पाइएमा खाद्य ऐन नियमबमोजिम कारबाही हुने व्यहोरासमेत जानकारी गराइन्छ।’

ad
ad
ad
ad