१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ४ शुक्रबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ कार्तिक ४ शुक्रबार o८:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मंसिर ४ को ब्याटल गठबन्धनले जित्नुपर्छ : प्रचण्ड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ कार्तिक ४ शुक्रबार o८:३९:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर ४ गतेको निर्वाचन सामान्य नभएको अभिव्यक्ति दिएका छन् । शुक्रबार राजधानीमा भएको सत्तागठबन्धनको चियापान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मंसिर ४ पछि देशको संविधान मिच्नेहरूलाई पाखा लगाउन कार्यकर्ताहरू अहोरात्र खटिनुपर्नेमा जोड दिए ।

उनले मंसिर ४ गते देशमा अराजकता निम्त्याउने, देशलाई निरंकुशताको बाटोमा धकेल्ने शक्ति र अग्रगमनकारीबीचको लडाइँ भएकाले त्यसको ब्याटल आफूहरूले जित्नुपर्ने बताए । 

संविधान, लोकतन्त्र र राष्ट्रको रक्षाका लागि गठबन्धन बनेको उल्लेख गर्दै प्रचण्डले यो गठबन्धन अहिले मात्रै नभएर ०४६ सालदेखि बनेको उल्लेख गरे । यस्तैखाले गठबन्धनले ०५६ सालमा पञ्चायत ढालेको उल्लेख गर्दै प्रचण्डले ०६२ /६३ सालको आन्दोलनमा पनि कांग्रेस र कम्युनिस्ट मिलेर राजतन्त्र फालेको वृत्तान्त सुनाए । गठबन्धनका यी सबै कुरा जनतामाझ लैजान उनले कार्यकर्तालाई निर्देशन दिए । 

ad
ad
ad
ad