मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २ बुधबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ कार्तिक २ बुधबार ११:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वतन्त्र उम्मेदवार धेरै भए पनि मतदाताले मलाई नै रोज्छन्  ः प्रकाशमान सिंह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ कार्तिक २ बुधबार ११:५४:oo

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर १ मा आफूविरुद्ध धेरै स्वतन्त्र र अन्य पार्टीका उम्मेदवारहरू खडा भए पनि स्थानीयको कामका लागि आफू नै योग्य रहेको बताएका छन् । बुधबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले स्वतन्त्र उम्मेदवारहरू अहिले परीक्षणको क्रममा रहेकाले सबैले एक–अर्काको गलत प्रचारप्रसार नगरी आफ्ना एजेन्डाहरूलाई जनताबीचमा लैजानुपर्ने आवश्यकता भएको बताए । उनले बहुलवादमा आधारित संसदीय शासन प्रणाली भएकाले सबैले आफ्नो स्वतन्त्र अधिकारलाई प्रयोग गर्न पाउने उल्लेख गर्दै शुद्ध प्रतिस्पर्धामा उत्रिने संस्कृतिको विकास गर्न आवश्यक रहेको बताए । 

उनले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्रीका लागि सबै किसिमबाट योग्य रहेको पनि दाबी गरे। आगामी निर्वाचनमा जित हात पार्ने आफ्नो पहिलो लक्ष्य रहेको र नेपाली कांग्रेसको संसदीय नेतामा चुनिएपछि प्रधानमन्त्री बनेर देश चलाउन आफू हरकिसिमबाट योग्य रहेको बताएका हुन् । नेता सिंहले आफूले पार्टीका तल्लो स्तरका कमिटीदेखि महामन्त्रीसम्म बनेर पार्टी सञ्चालन गरिसकेको उल्लेख गर्दै सरकारको नेतृत्व गर्न आफू कमजोर नभएको बताए ।

उनले देशको उपप्रधानमन्त्री बनिसकेको उल्लेख गर्दै अबको निर्वाचनपछि हरेक किसिमबाट प्रधानमन्त्री बनेर देश सञ्चालन गर्न र देशमा सुव्यवस्था, राजनीतिक स्थिरता गराउन आफू सक्षम रहेको बताए। नेता सिंहले आफ्ना अनुभवले कुन पदका लागि योग्य छु भन्ने कुरा बोलिसकेको भन्दै प्रधानमन्त्रीका लागि अवसर पाए देशमा केही गरेर देखाउने भोक आफूमा रहेको बताए । उनले आफूमा कुनै किसिमका लोभ नरहेको उल्लेख गर्दै प्रधानमन्त्री बन्नका लागि आफूमा सबै किसिमको योग्यता पुगिसकेको बताए ।

नेता सिंहले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रप्रति इंगित गर्दै आफ्नो निर्वाचन क्षेत्रमा भएको दललाई फुटाई अर्को दलमा मिलेकाहरू पनि रहेको उल्लेख गर्दै जनताको साथ आफूलाई रहेकाले निर्वाचन जित्नेमा ढुक्क रहेको बताए ।