मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २ बुधबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २ बुधबार ११:३१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आरबिबी मर्चेन्ट बैंकिङको लाभांश पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २ बुधबार ११:३१:oo

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरबिबी मर्चेन्ट बैंंकिङ लिमिटेडले आव ०७८/०७९ को नाफाबाट ७ दशमलव ५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सातौँ वार्षिक साधारणसभाले लाभांशसहित वार्षिक प्रतिवेदन प्रस्ताव पारित गरेको हो । 

साधारणसभामा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हाल सहरी क्षेत्रमा मात्र सीमित रहेको मर्चेन्ट बैंकिङ सेवालाई ग्रामीण क्षेत्रमा समेत विस्तार गर्ने दीर्घकालीन सोचअनुरूप रणनीति तयार गर्नुपर्ने बताए । आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र दूरदराजमा रहेका जनताले पनि मर्चेन्ट बंैकिङ सेवा लिन सकिने वातावरण बन्नुपर्ने उनको भनाइ थियो । 

मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हाल २० करोड चुक्ता पुँजी रहेको मर्चेन्ट बैंकिङले इस्यु म्यानेजमेन्ट, आरटिएस, पोर्टफोलियो म्यानेजमेन्ट, अन्डरराइटिङ, डिपोजेटरी पार्टिसिपेन्टलगायत सेवा दिइरहेको बताए ।