१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ कार्तिक २ बुधबार ०८:३१:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

महिला क्रिकेटको डेब्युमै पुलिसलाई स्वर्ण

Read Time : < 1 मिनेट
२०७९ कार्तिक २ बुधबार ०८:३१:००

 महिला क्रिकेटमा नेपाल पुलिसले डेब्यु गरेको संस्करणमै स्वर्ण पदक जितेको छ । पोखरामा सञ्चालन भइरहेको नवाैँ राष्ट्रिय खेलकुदको फाइनलमा पुलिसले एपिएफलाई पाँच रनले पराजित गर्दै स्वर्ण जितेको हो । पहिला ब्याटिङ गरेको पुलिसले २० ओभरमा चार विकेट गुमाउँदै ८९ रन बनाएको थियो । पुलिसकी काजल श्रेष्ठले सर्वाधिक २७ रन बनाइन् । सम्झना खड्काले २१ रन र कविता जोशीले नटआउट १३ रनको योगदान दिए ।

एपिएफका लागि नेरी थापा, इन्दु बर्मा र कप्तान सीता रानामगरले एक– एक विकेट लिए । एपिएफले २० ओभरमा सात विकेट गुमाउँदै ८४ रन मात्र बनायो । एपिएफकी रोमा थापाले सर्वाधिक २६ रनको योगदान दिइन् ।

राजमती ऐरीले १२ रन बनाउँदा अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् । पुलिसलाई स्वर्ण पदक दिलाउन ईश्वरी विष्टले दुई विकेट लिइन् । रुबिना क्षेत्री, संगीता राई र हिरनमयी रोयले एक–एक विकेट लिए । तेस्रो स्थानका लागि भएको खेलमा बागमतीले लुम्बिनीलाई सात विकेटले पराजित गर्दै कांस्य पदक जितेको छ ।