१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १ मंगलबार
  • Wednesday, 03 July, 2024
श्रवण थापा सर्लाही
२o७९ कार्तिक १ मंगलबार १९:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

३ महिनादेखि तलब नपाएपछि विद्यालय बन्द गरेर शिक्षकले सुरु गरे आन्दोलन 

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o७९ कार्तिक १ मंगलबार १९:४१:oo

तीन महिनादेखि तलब नपाएपछि सर्लाहीको हरिपूर्वा नगरपालिकाका शिक्षक, कर्मचारी आन्दोलनमा उत्रिएका छन्। गत साउनदेखिको तलब-भत्ता नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको शिक्षक शिक्षिकाको गुनासो छ। 

पटक–पटक नगरपालिकालाई तलब भुक्तानीका लागि आग्रह गरेर ज्ञापनपत्र बुझाउँदासमेत समस्या समाधान नभएको उनीहरूले बताए। नगरका शिक्षक शिक्षिकाहरू दुई दिनदेखि विद्यालय बन्द गरेर नगरपालिकामा धर्ना बसिरहेका छन्। 

यता नगरकार्यपालिकाले नगर सभा सम्पन्न गर्न नसकेका कारण नगरको सम्पूर्ण आर्थिक कारोबार रोकिएको बताएको छ। आर्थिक कारोबार सञ्चालन हुन नसेका कारण नगरको दैनिक कामकाजदेखि ठूला विकास निर्माणका योजनासमेत अलपत्र परेका छन् भने नगरका कर्मचारीदेखि विद्यालयका शिक्षक कर्मचारीलगायतले दसैँजस्तो चाडमा समेत तलब नपाउँदा चाडबाड नै खल्लो भएको गुनासो गरे।

ad
ad
ad
ad