१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ३० आइतबार
  • Friday, 05 July, 2024
फाइल तस्बिर
२o७९ असोज ३० आइतबार १४:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

प्याराग्लाइडिङ दुर्घटना, एक खेलाडीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ३० आइतबार १४:o७:oo

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजना खेलाडीको मृत्यु भएको छ। 

पोखराको सराङकोट क्षेत्रमा भएको प्याराग्लाइडिङ प्रतियोगितामा सहभागी खेलाडी निसिम थापामगरको मृत्यु भएको हो। मृतक थापामगर नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खेलाडी हुन्।

प्रतियोगिताअन्तर्गत पुरुषतर्फको ‘क्रस कन्ट्री’ प्रतिस्पर्धाका प्रतिस्पर्धी थापामगर उडेको केही समयमै दुर्घटनामा परेका थिए। 

पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाबाट सहभागी २६ वर्षीय निसिमले पोखरा सराङकोटबाट उडान भरेका थिए। ‘उडानलगत्तै उनको प्याराग्लाइडिङ हेर्दाहेर्दै झर्‍यो, एक प्रत्यक्षदर्शीले भने, ‘उनी सोझै पोखरा १८ सराङकोटस्थित एक निर्माणाधीन भवनमा खसेर घाइते भए । उनको घटनास्थलमै मृत्यु भयो।’

लामो समयदेखि पोखरामा रहेर प्याराग्लाइडिङ गर्दै आएका निसिम पोखरा– १० मा अस्थायी रूपमा बस्दै आएका थिए। 

उनको स्थायी घर भने गोरखाकाे पालुङटार हो। उनी प्याराग्लाइडिङ खेलाडीहरूको छाता संस्था एफएआईका कम्पिटिसन वरीयता प्राप्त खेलाडीसमेत हुन्। 

अहिले उनको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल अस्पताल लगिएकाे छ। उनको मृत्युसँगै आज हुने भनिएका प्याराग्लाइडिङतर्फका सबै खेलह रद्द गरिएको आयोजकले जनाएको छ।

ad
ad
ad
ad