१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o७:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

Read Time : < 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:३६:oo

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । एक सय तीन वर्षीय जोशी २४ दिनदेखि ललितपुरको किस्ट मेडिकल कलेजमा उपचाररत  थिए । उनको केहीबेर अघि  निधन भएको हो ।

अस्पतालका निर्देशक डा. सुरज बज्राचार्यका अनुसार जाेशीकाे मृत्युकाे घोषणा हुन भने बाँकी छ । तर, मृत्यु भइसकेको डा. बज्राचार्यले नयाँ पत्रिकालाई जानकारी दिए । 

उनको छातीमा निमोनिया र पिसाबमा इन्फेक्सन देखिएको थियो । बिहीबारदेखि मुटुको चालमा घट्बढ भइरहेको थियाे भने छातीमा संक्रमण बढेको थियाे  ।

गत बुधबार अवस्था केही सहज देखिएपछि जोशीलाई सघन कक्ष (आइसियू)बाट नर्मल बेडमा सारिएको थियो । तर, बिहीबार स्वास्थ्य  थप जटिल बनेपछि पुनः सघन कक्षमा सारिएको थियो ।

ad
ad