१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २९ शनिबार
  • Tuesday, 01 October, 2024
फाइल तस्बिर
रासस गण्डकी
२o७९ असोज २९ शनिबार १६:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आचारसंहितामा कडाइ गर्न प्रमुख आयुक्त थपलियाको निर्देशन

Read Time : < 1 मिनेट
रासस, गण्डकी
नयाँ पत्रिका
२o७९ असोज २९ शनिबार १६:४८:oo

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता २०७९ लाई कडाइका साथ पालना गर्न गराउन निर्देशन दिएका छन्। शनिबार पोखरामा आयोजित जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा बोल्दै थपलियाले आचारसंहिताको उल्लंघन गरेको देखिएमा तत्काल आयोगमा लिखित वा मौखिक जानकारी दिन आग्रह गरे।

उनले आयोगले तोकेका अनुगमन अधिकृतलाई आचारसंहिताको उल्लंघन गर्ने उम्मेदवारलाई २४ घण्टाभित्र स्पष्टीकरण सोध्न निर्देशन दिए। उम्मेदवारबाट चित्त बुझ्दो जवाफ पेस नभएमा उम्मेदवारी रद्द गर्नेसमेतको अधिकार निर्वाचन आयोगलाई भएकाले त्यससम्बन्धी विवरण स्पष्ट खुलाई आयोगमा लेखिपठाउन उनले निर्देशन दिए।
 
प्रमुख आयुक्त थपलियाका अनुसार निर्वाचन आयोग ऐन २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरेर आयोगले निर्वाचन आचारसंहिता २०७९ निर्माण गरेको हो। निर्वाचन आचारसंहिता २०७९ को दफा ४६ मा ‘कसैले आचारसंहिता उल्लंघन गरेमा आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम रु एक लाखसम्म जरिवाना गर्न वा उम्मेदवारी रद्द गर्न सक्नेछ।’

उम्मेदवारले मनोनयन दर्ता गर्ने क्रममा बुझाएको विवरणमा उल्लेख भएबमोजिमको स्रोतबाट खर्च गरे/नगरेकोबारे आयोगले निगरानी गर्ने बताउँदै थपलियाले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने कर्मचारीलाई समेत कारबाही गर्न सुरु भइसकेको जानकारी दिए। कर्मचारीले निर्वाचन सम्पन्न नहुँदासम्म सामाजिक सञ्जाल प्रयोगमा समेत सचेतता अपनाउन उनको आग्रह थियो।