![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/chhiring-sherpa2022-10-13-12-40-16.jpeg)
माओवादी केन्द्र संखुवासभाले पार्टी र गठबन्धनको भावना र मर्मविपरीत बागी उम्मेदवार उठेका छिरिङ शेर्पालाई कारबाही गरेको छ। माआवादी केन्द्रका जिल्ला कमिटी सदस्य रहेका शेर्पा साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका हुन्।
माओवादी केन्द्रका जिल्ला संयोजक टेकमान राई (उदय)ले बुधबार विज्ञप्ति जारी गर्दै पार्टीको हित तथा गठबन्धनको भावना र मर्मविपरीत उम्मेदवारी दिएकाले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएका छन्।
धर्मदेवी नगरपालिका– ३ का शेर्पा निर्वाचन आयोगबाट पानीको धारा चुनाव चिह्न पाएर चुनावी प्रचारप्रसारमा लागिसकेका छन्। उनले माओवादी केन्द्र र अन्य राजनीतिक दलहरूको प्रवृत्तिबाट असन्तुष्ट रहेको अभिव्यक्ति दिँदै आएका छन्।