१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २६ बुधबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज २६ बुधबार १९:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसका बागी पाँच वर्षका लागि निष्कासित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज २६ बुधबार १९:४८:oo

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका बागी उम्मेदवार र तिनका प्रस्तावक–समर्थकलाई कांग्रेसले पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ। दिइएको समयभित्र उम्मेदवारी फिर्ता नलिएकाहरूलाई कांग्रेसले पार्टीबाट निष्कासन गरेको हो।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरी सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका तथा तिनका प्रस्तावक र समर्थक रहेकाहरूलाई पाँच वर्षसम्मका लागि पार्टीबाट निष्कासन गरिएको जनाएका छन्।

विज्ञप्तिमा तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थकलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोनसहित)को धारा ३४ (१) (घ) उल्लंघन गरेकोमा धारा ३४ (४) (क) अनुसार नेपाली कांग्रेसको सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निष्कासन गरिएको उल्लेख छ।

कांग्रेसले बागीहरूलाई आज दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन समय दिएको थियो। दिइएको समयभित्र उम्मेदवारी फिर्ता नलिएपछि कारबाही गरिएको मुख्यसचिव पौडेलले जानाकारी दिए।  

 

 

ad
ad
ad
ad