१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २६ बुधबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज २६ बुधबार o८:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सीताको वरीयता यथावत्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज २६ बुधबार o८:३o:oo

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले मंगलबार महिलातर्फको टी–२० वरीयता सार्वजनिक गरेको छ । टी–२० ब्याटिङमा नेपालकी सीता रानामगरको स्थान यथावत् रहेको छ । आइसिसीका अनुसार सीता ७०औँ स्थानमा छिन् । उनले तीन सय ४७ रेटिङ प्राप्त गरेकी छिन् । ब्याटिङतर्फ नेपालबाट उनले एक्लो खेलाडीका रूपमा वरीयता पाएकी छिन् । अस्ट्रेलियाकी वेथ मोनी शीर्ष स्थानमा छिन् । उनले सर्वाधिक सात सय ४३ अंक पाइन् । 

यसैगरी, बलिङ वरीयतामा नेपालकी कविता कुँवर पनि यथावत् छिन् । नयाँ वरीयताअनुसार उनी ९५औँ स्थानमा छिन् । कुँवरले तीन सय ६३ रेटिङ अंक पाएकी छिन् । बलिङ वरीयतामा इंग्ल्यान्डकी सोफिए शीर्ष स्थानमा छिन् । उनले सर्वाधिक सात सय ५६ रेटिङ अंक हात पारिन् । यसपटकको वरीयतामा नेपालकी कप्तान रुविना क्षेत्रीले बलिङ तथा ब्याटिङमा वरीयता प्राप्त गर्न सकिनन् । अघिल्लोपटकको वरीयतामा उनी शीर्ष सय खेलाडीभित्र थिइन् । 

आइसिसीले खेलाडीसँगै राष्ट्रको वरीयता पनि सार्वजनिक गरेको छ । नेपाल १७औँ स्थानमा छ । नेपालले १९ अन्तर्राष्ट्रिय टी–२० खेलबाट एक सय १० रेटिङ अंक हात पारेको छ । नेपालभन्दा एक स्थानमाथि तान्जानिया तथा एक स्थान तल नामिबिया रहेका छन् । अस्ट्रेलिया दुई सय ९९ रेटिङ अंकका साथ शीर्ष स्थानमा छ । 
 

ad
ad
ad
ad