१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असोज २६ बुधबार ०६:३०:००
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

ताजमहलको जगका ढुंगा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असोज २६ बुधबार ०६:३०:००

भारतका द्वितीय प्रधानमन्त्री लालबहादुर शास्त्री चर्चामा आउन पटक्कै चाहँदैनथे । उनी पत्रपत्रिकामा आफ्नो तस्बिर र नाम छापिने स्थिति भरसक नआओस् भन्ने चाहन्थे । उनी एक सफल राजनीतिज्ञ हुनुका साथै समाजसेवी पनि थिए । उनी सादा जीवन, उच्च विचारका पर्याय नै थिए । 

एक दिन उनका एक निकट मित्रले सोधे– शास्त्रीजी, तपाईं किन पत्रपत्रिकाबाट टाढै बस्न रुचाउनुहुन्छ ? के तपाईं पत्रपत्रिकामा नाम छपाउन डराउनुहुन्छ हो ? कम्तीमा पनि तपाईं आफूले गरेका राम्रा कामबारे त प्रचारप्रसार गराउनुहोस् । मित्रको प्रश्नले शास्त्री एकैछिन सोचमग्न भए । एकैछिन गमेर उनले जवाफ दिए– त्यस्तो होइन मित्र ।

म पत्रपत्रिकामा नाम छपाउन डराउन त डराउन्नँ । तर, मलाई कामभन्दा प्रचार बढी गरेको मन पर्दैन । मलाई एकपटक लाजपत रायले भन्नुभएको थियो— हेर लालबहादुर, संसारलाई मोहित बनाउन सफल संसारकै अनौठो संरचना तथा अमर प्रेमको प्रतीक ताजमहलमा दुई प्रकारका ढुंगा प्रयोग भएका छन् ।

एकथरी बाहिरी चम्किला संगमर्मरका ढुंगा छन्, जसलाई संसारले देख्छ । जसको तस्बिर खिचेर संसारभर पुर्‍याइन्छ । तर, त्यही ताजमहलको भित्री जगमा यस्ता ढुंगा पनि छन्, जसले युगौँयुग जमिनको अँध्यारो गर्तमा पुरिएर पनि ताजमहललाई थामिरहेका छन् । हो, जीवनमा अँध्यारै–अँध्यारो भए पनि ताजमहललाई थामिरहने जगका ढुंगाजस्तै बन्न चाहन्छु म । आखिर नामको प्रचार गरेर पाउनु नै के छ र ?