मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २५ मंगलबार
  • Friday, 10 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ असोज २५ मंगलबार १o:२१:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असोज २५ मंगलबार १o:२१:oo

मेथी नेपाली भान्सामा नियमित प्रयोग हुने मसला हो । नेपालमा सहज रूपमा उपलब्ध हुने स्वास्थ्यमैत्री खाद्यपदार्थमध्ये मेथी पनि एक हो । मेथीको साग, गेडा, पानी, तेल, धुलो, टुसा र चिया आदि जुन रूपले पनि मिल्छ । 

- मेथीको दानालाई एक रात भिजाउने । भोलिपल्ट उमालेर मसला र कागतीको रस मिलाएर अचार बनाएर खान सकिन्छ । 
- मेथीको कलिलो मुन्टाको साग खान सकिन्छ । यो निकै मीठो हुन्छ ।
- मेथीको पत्तालाई सुकाएर तन्दुरी चिकेनमा मोलेर खाँदा स्वादिष्ट र बासनादार हुन्छ । 
- तोरीको तेलमा मेथीको दाना झान्ने । अनि, ताजा अचार र छोइलामा पुनः झानेर खाएमा स्वादमा फरकपन पाउनुहुन्छ ।
- मेथीको पत्ताको चिया बन्छ । त्यस्तै, मेथीको तेल पनि आउँछ । यी दुवै स्वस्थ्यका लागि राम्रो मानिन्छन् ।
- चाम्रे भात अर्थात् चास्नी चावल पकाउँदा पनि घिउमा मेथी फुराउनाले स्वादमा फरक ल्याउँछ । 
- मेथीलाई एक रात भिजाएर टुसा उमार्ने । अनि, तरकारी बनाएर खाएमा त्यो स्वादिष्ट हुन्छ ।
- मेथी भिजाएको पानी पनि नियमित पिउन सकिन्छ । जसले स्वास्थ्यमा अनेक फाइदा मिल्छ । 
- मेथीलाई पराठा बनाएर समेत खान सकिन्छ ।
- पनिरमा मेथीको साग मिसाएर तरकारी बनाउन सकिन्छ । 
- मेथीको साग र माछाको झनै गज्जब तरकारी बन्छ । 

(सिनियर सेफ विजय सुवेदीसँग गरिएको कुराकानीमा आधारित)