मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २६ शुक्रबार
  • Friday, 10 January, 2025
तस्बिर : एएफपी
रासस लस एन्जलस
२o८१ पौष २६ शुक्रबार १४:११:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

लस एन्जलस डढेलो : कम्तीमा १० जनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस, लस एन्जलस
नयाँ पत्रिका
२o८१ पौष २६ शुक्रबार १४:११:oo

क्यालिफोर्नियाको लस एन्जलसमा फैलिएको भीषण डढेलोका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ। आगलागीबाट आक्रान्त बनेको लस एन्जलस र वरपरका क्षेत्रमा क्यालिफोर्नियाको नेसनल गार्डका सैनिकहरूलाई परिचालन गर्ने तयारी गरिरहेको अधिकारीले बताएका छन्।

लस एन्जलस काउन्टी मेडिकल एक्जामिनरले बिहीबार अबेरसम्म १० जनाको मृत्यु भएको जनाएको छ। संयुक्त राज्य अमेरिकाको दोस्रो ठुलो सहरको ठुलो भाग भग्नावशेषमा परिणत भएका वेला क्यालिफोर्नियाको नेसनल गार्डका सैनिकहरूलाई परिचालन गर्ने तयारी गरिरहेको जानकारी आएको हो। 

आगो निभाउने अभियान रातभर चलिरह्यो। आगो निभाउनका लागि पानी छर्किने हेलिकोप्टरका चालकले हावाको सुस्तताले आगो निभाउने अभियानलाई साथ दिएको बताएका छन्। यद्यपि, नयाँ डढेलोहरू निस्कने क्रम जारी छ।

लस एन्जलस काउन्टीका सेरिफ रोबर्ट लुनाले रातको समयमा कर्फ्यु लगाउने योजना रहेको र राज्यको नेसनल गार्डले प्रभावित क्षेत्रमा गस्ती गरिरहेको बताएका छन्। गभर्नर गेभिन न्युसमले हजारौँको संख्यामा सेनाका सदस्य र सरकारी कर्मचारीहरू तैनाथ गरिएको बताए।

उनले भने, ‘हामी आगामी दिनमा समुदायको सुरक्षाका लागि नेसनल गार्ड सेवाका सदस्यसहित सबै तैनाथ गरिरहेका छौँ। यसले सहरमा हुन सक्ने सम्भावित लुटपाटका घटनालाई नियन्त्रण गर्न सकिनेछ।’ लुनाका अनुसार अधिकारीहरूले उद्धार क्षेत्रमा गस्ती गरिरहेका छन् र त्यहाँ नबस्ने जोकोहीलाई पनि परिचयपत्रका आधारमा पक्राउ गर्नेछन्।

सबैभन्दा ठुलो डढेलो प्यासिफिक पालिसाडेसआसपासको करिब २० हजार एकड (आठ हजार हेक्टर) क्षेत्रमा फैलिएको छ भने अल्टाडेनावरपरको अर्को आगलागीले १३ हजार ७०० एकड (५५ सय हेक्टर) जमिन जलेर नष्ट भएको छ। अग्नि नियन्त्रकले प्यासिफिक पालिसाडेसमा लागेको आगोको ६ प्रतिशत परिधिमा रहेको र त्यसको परिधिमा आगोलाई नियन्त्रण गर्न थालेको बताएका छन्।